मंगलबार, वैशाख १८, २०८१

इलाममा माघे सङ्क्रान्तिका दिन सार्वजनिक बिदा

नेपालखोज २०७६ पुष २९ गते ९:०१

२९ पुस, इलाम । इलाममा माघे सङ्क्रान्तिको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । इलामको माङ्गसेबुङ्ग र माईजोगमाई गाउँपालिकाले माघे सङ्क्रान्तिको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

किराँत धर्मावलम्बीहरुको नयाँ वर्षको पहिलो दिन र परम्परागतरुपमा लाग्ने माइबेनी मेलालाई सबैले सहजरुपमा मनाउन पाउनु पर्छ भन्दै सार्वजनिक बिदा दिएको पालिकाले जनाएको छ ।

मकर सङ्क्रान्ति, माघी नामले चिनिने यो पर्व किँरातहरुले पनि नयाँ वर्षको रुपमा परम्परादेखि नै मनाउँदै आएका छन् । माङ्गसेबुङ्ग गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले भने, ‘माघ १ गतेको स्थानीय महत्व भएकाले गाउँ कार्यपालिकाको बैठक बसि सार्वजनिक बिदा दिने निणर्य गरेका हौँ ।’

प्रतिक्रिया