मंगलबार, वैशाख ३०, २०८२

फुटबल समीक्षा : अन्तर्राष्ट्रिय फुटबल खेलमा नेपालको सुधार हुँदै

नेपालखोज २०७८ जेठ १६ गते १८:३०

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल खेलमा सुधारिएको खेल देखाउने प्रयास नेपालले शनिबार बलियो प्रतिद्वन्द्वी इराकसँग खेलेर प्रमाणित गर्याे । नतिजा सुम्पिए पनि नेपाली टोलीको प्रदर्शनलाई सबैले तारिफ गरेका छन् । कुवेतका प्रमुख प्रशिक्षक अबदुल्लाह अलमुताइरीले टोलीले भोगेको पराजयको जिम्मा लिएका छन् ।

विश्वकप र एसियन कप छनोट खेल खेल्न कुवेत गएको नेपालले त्यस अघिको मैत्रिपूर्ण खेलमा प्राप्त नतिजाले हौसला मिलेको छ । फिफा वरियतामा निकै माथि रहेको प्रतिद्वन्द्वी इराकसँग नेपालले मैत्रिपूर्ण खेल्यो । नतिजा सुखद् हुन सकेन । तर टोलीले अन्तर्राष्ट्रिय भ्रमणमा भोग्ने गरेको गोलको खडेरीको पारो भने घटेको छ । ६–२ ले नेपाल पराजित भए पनि पहिलो पटक राष्ट्रिय जर्सी पहिरिएका युवा खेलाडी मनिष डाँगीले नेपालका लागि पहिलो गोल गरे । यससँगै डाँगी डेब्यु खेलमा गोल गर्ने तेस्रो खेलाडी समेत भएका छन् ।

यस अघि हरि खड्का र वाइबी घलेले डेब्यु खेलमा गोल गरेका थिए । वाइबी घलेले एसियाली खेलकुदमा कुवेत विरुद्ध सन् १९८२ मा र हरि खड्काले १९९५ को सार्क गोल्डकपमा पाकिस्तान विरुद्ध गोल गरेका थिए । डेब्यु खेलमा देशका लागि गोल गरेका मनिष डाँगीले गोल गर्दा खुसी भए पनि नतिजा गुमाउनु पर्दा दुःखी भएको प्रतिक्रिया दिए । युवा खेलाडीसहित मैदान उत्रिएको नेपालले सुरुवातबाट नै घरेलु टोलीको अट्याकको सामना गर्नु परेको थियो ।

आधा मैदानमा जस्तो खेल भएको प्रतिस्पर्धामा नेपाली टोली रक्षा गर्नमा समय व्यतित भएको थियो । मुख्य प्रशिक्षक अलमुताइरीको पहिलो परिक्षामा रुपमा हेएिको खेलमा टोलीले प्राप्त गरेको नजिताको जिम्मा उनै प्रशिक्षकले लिएको घोषणा गरेका छन् ।

केही अवसर पाउँदा अगाडि बढाउने क्रममा नेपालले गोल अन्तर छोट्याएको थियो । सुरुवातमा नै पछि परेको नेपालले लगत्तै गोल फर्काएर पाँच मिनेटको अन्तरालमा अग्रता लिन सफल भएको थियो । तर सम्हालिन नसक्दा गोल खाँदै नतिजा सुम्पिन बाध्य बन्यो । नेपाली टोली कप्तान गोलकिपर किरण चेम्जोङ एसियाली पावर हाउसको रुपमा गनिने इराकका निरन्तरका प्रयासलाई विफल पार्नमै व्यस्त भए । फुटबलका जानकार तथा सहिद स्मार ए डिभिजन लिगका निर्देशक सञ्जिव मिश्रले इराकजस्तो देशलाई पहिलो हाफको केही मिनेट अगाडि सम्म अग्रता दिएर दबाबमा राख्नु नेपाली टोलीको उपलब्धि भएको बताए ।

शनिबार मैत्रिपूर्ण खेल खेलेको नेपाल उतैबाट कुवेत विश्वकप र एसियन कप छनोट खेल्न प्रस्थान गरेको छ । कुवेत बसाईमा विश्वकप छनोटको बाँकी खेल अन्तर्गत पहिलो खेल जेठ २० गते चाइनिज ताइपेइसँग खेल्नेछ । दोस्रो खेल जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने तालिका छ । समूह बी अन्तर्गत पाँच खेल खेलेको नेपालको समूह तालिकामा ३ अंक रहेको छ ।

चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको नेपाल चौथो स्थानमा छ । त्यस्तै १२ अंक जोडेको अष्ट्रेलिया शीर्ष स्थानमा छ । १० अंक जोडेको कुवेत दोस्रो स्थानमा छ । त्यसैगरी समान १० अंक जोडेको जोर्डन तेस्रो स्थानमा छ भने चाइनिज ताइपेइ तालिकाको अन्तिम स्थानमा अंक विहिन छ ।

प्रतिक्रिया