मंगलबार, वैशाख ३०, २०८२

विश्वकप र एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि नेपाली टोली आज कुवेत जाँदै

नेपालखोज २०७८ जेठ १६ गते १९:०३

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली विश्वकप र एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि आज कुवेत जाँदैछ । इराकको राष्ट्रिय टोलीसँगको मैत्रीपूर्ण फुटबल खेलपछि नेपाली टोली आज कुवेत प्रस्थान गर्न लागेको हो ।

इराकसँग गएराति भएको मैत्रिपूर्ण खेलमा ६–२ गोलअन्तरले पराजित भएको नेपाली टोलीले कुवेतमा विश्वकप छनोटअन्तर्गत जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेइसँग खेल्दैछ ।

नेपालले जेठ २० गते चाइनिज ताइपेइ, २४ गते जोर्डन र २८ गते अस्ट्रेलियासँग खेल्नेछ । नेपाल गणीतिय रुपमा छनोट सम्भावनाबाट बाहिरिइसकेको छ ।

प्रतिक्रिया