मंगलबार, वैशाख ३०, २०८२

फ्रेन्च ओपन टेनिसमा जापानी टेनिस स्टार नाओमीको विजयी सुरुवात

नेपालखोज २०७८ जेठ १६ गते १९:१८

काठमाडौं । जापानी टेनिस स्टार खेलाडी नाओमी ओसाकाले फ्रेन्च ओपन टेनिसमा विजयी सुरुवात गरेकी छन् । फ्रान्सको पेरिसमा आज भएको खेलमा जित निकाल्दै ओसाकाले दोस्रो चरणमा स्थान बनाउन सफल भइन ।

दोस्रो वरीयता प्राप्त ओसाकाले पहिलो चरणमा रोमानियाकी प्याट्रिसिया मारिया टिगलाई पराजित गर्दै सुखद सुरुवात गरेकी हुन् । ओसाकाले बरियताविहिन प्याट्रिसियालाई ६–४, ७–६, ७–४ ले पराजित गरेकी हुन् ।

यस्तै पूर्व विश्व नम्बर एन्जेलिक क्रेबेर भने पहिलो खेलमै पराजित भएकी छन् । जर्मनीकी तीन पटकको ग्राण्डस्लाम विजेता क्रेबेर क्वालिफायरबाट आएकी एन्हेलिना कालिनिनासँग ६–२ र ६–४ ले पराजित भएकी हुन् ।

प्रतिक्रिया