फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत समूह ‘ए’ को बाँकी खेलहरु यूएईमा हुने
नेपालखोज
२०७८ जेठ १८ गते १५:५९

काठमाडाैं । फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत समूह ‘ए’ को बाँकी खेलहरु यूएईमा आयोजना हुने भएको छ । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले आज समूह ‘ए’ अन्तर्गतको बाँकी खेलहरु यूएईमा हुने जनाएको छ ।
एएफसीले न्युट्रल भेन्युको रुपमा समूह ‘ए’ को खेल चीनमा आयोजना गरिरहेको थियो । तर, केहि देशको भ्रमण कठिनाईको कारण एएफसीले चीनबाट खेल सर्दै यूएईमा गराउने निर्णय गरेको हो ।
खेलको मिति भने घोषणा गरिएको छैन । समूह ‘ए’ मा सिरिया, चीन, फिलिपिन्स, माल्दिभ्स र गुवाम रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया