नेकपाका अध्यक्ष दाहालद्वारा माघे सङ्क्रान्तिको शुभकामना
१ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघी तथा माघे सङ्क्रान्तिको अवसरमा शुभकामना दिएका छन् ।
‘थारु, मगरलगायतका आदिवासी जनजाति एवं आम नेपालीहरुले मनाउने चाँड माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकाना व्यक्त गर्दछु,’ अध्यक्ष दाहालले शुभकामना सन्देश जारी गर्दै भनेका छन् ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक भएको र विविधताभित्रको एकता नै हामी नेपालीको मौलिक पहिचान भएको उनले सन्देशमा उल्लेख गरेका छन् । बहुभाषा, बहुधर्म र बहुसंस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान एवं सद्भावसहित अघि बढ्न अभिप्रेरित गरिरहेको उनको भनाइ छ ।
‘यसप्रकारका पर्वहरुले विविध धर्म र संस्कृति मान्ने सम्पूर्ण नेपालीहरुबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्त्व कायम गर्ने विश्वास व्यक्त गर्दछु,’ उनले भनेका छन्, ‘यस पर्वले समस्त समुदायमा बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गरोस् ।’
प्रतिक्रिया