मंगलबार, वैशाख ३०, २०८२

पीएसएल टी-ट्वान्टी क्रिकेटका बाँकी खेलहरु जुन ९ देखि सुरु हुने

नेपालखोज २०७८ जेठ २० गते २१:१८

पाकिस्तान । पाकिस्तान सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेटको बाँकी खेलहरु जुन ९ तारिखबाट सुरु हुने भएको छ ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आज पीएसएलको बाँकी खेलहरु जुन ९ बाट सुरु हुने जनाएको हो । लिगको पहिलो खेलमा लाहोर क्वालान्दर्स र इस्लामावाद युनाईटेडबीच खेल हुनेछ ।

युएईको अबुधाबीमा आयोजना हुने पीएसएलको फाइनल खेल जुन २४ तारिखमा हुनेछ । कोरोना भाईरसको कारण प्रतियोगिताको बाँकी खेलहरु युएईमा हुन लागेको हो ।

प्रतिक्रिया