हिमानी कोषले निषेधाज्ञामा भोकमरीमा परेकालाई सहयोग गर्ने
नेपालखोज
२०७८ जेठ २२ गते ९:५६

काठमाडौँं । हिमानी कोषले कोरोना निषेधाज्ञामा खाद्यान्न अभाव झेलेकाहरूलाई सहयोग गर्ने भएको छ । कोषले भोकमरीमा परेका सुत्केरी, अपाङ्गता भएका, एकल महिला, असहाय, वृद्धवृद्धा, अनाथ आश्रमका लागि तत्काल खाद्यान्न र आकस्मिक उपचारको सहयोग गर्ने भएको हो ।
आवश्यक परेकाहरुले कोषले उपलब्ध गराएको ९७४२८८४१६७ , ९७४२८८४१६८ , ९७४२८८४१६८ नम्बरमा विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सम्पर्क गर्न कोषले जनाएको छ ।
कोषले यो सुविधा हाललाई एक हप्ताका लागि सञ्चालन गरेको जनाएको छ । कोषलाई सहयोग गर्न चाहानले इसेवा वा फोनपे मार्फत सहयोग गर्न पनि सकिने जनाइएको छ ।

सम्बन्धित
प्रतिक्रिया