आइतबार, जेठ १२, २०८२

नाइजेरियामा ट्‌विटर सञ्चालनमा अनिश्चितकालका लागि रोक

नेपालखोज २०७८ जेठ २२ गते २०:४५

नाइजेरिया । नाइजेरिया सरकारले सामाजिक सञ्जाल ट्विटर सञ्चालनमा अनिश्चितकालका लागि रोक लगाएको छ । नाइजेरियाको संस्थागत अस्तित्वलाई नै खतरामा पार्ने गतिविधिमा ट्विटर प्रयोग हुन थालेको भन्दै त्यहाँको सरकारले अनिश्चितकालका लागि रोक लगाएको हो ।

ट्वीटरले भने नाइजेरियाली सरकारको यस कदमको तिब्र विरोध गरेको छ । नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले केही दिन अघि गरेको एक ट्वीट नियम विपरीत रहेको भन्दै ट्विटरले हटाएको थियो ।

जसका कारण राष्ट्रपति बुहारीले यस्तो कदम चालेको हुनसक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छ । राष्ट्रपति बुहारीले आफ्नो ट्वीटमा १९६७ देखि ७० सम्म नाइजेरियामा भएको गृहयुद्धलाई संकेत गर्दै अभिव्यक्ति प्रकट गरेपछि ट्वीट हटाइएको थियो ।

प्रतिक्रिया