आइतबार, जेठ १२, २०८२

निषेधाज्ञाबाट प्रभावितका लागि राहत प्याकेजको घोषणा गर्न विपक्षी गठबन्धनको माग

नेपालखोज २०७८ जेठ २२ गते २०:५५

काठमाडौं । विपक्षी गठबन्धनले निषेधाज्ञाका कारण प्रभावित जनताका लागि तत्काल राहत प्याकेजको घोषणा गर्न माग गरेका छन् ।

विपक्षी गठबन्धनका पाँच नेताले शनिबार विज्ञप्ति जारी गर्दै कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण दैनिक रोजीरोटी गुमाउन पुगेका गरीव, असहाय र श्रमजीवि जनताका लागि तत्काल विशेष राहत प्याकेजको घोषणा गर्न माग गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष महन्त ठाकुर र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलद्वरा हस्ताक्षरित विज्ञप्तिमा ढुङ्गा, गिट्टी, बालुवा निकासीको निर्णय तत्काल खारेज गर्न पनि माग गरिएको छ ।

चुरेमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गरेर निकासी गर्न दिने निर्णय राष्ट्रघाती र जनघाती भएको बताएका छन्।  सरकारले आगामी आर्थिक वर्षको बजेटमा चुरे क्षेत्रबाट ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने उल्लेख गरेको छ। सरकारको उक्त निर्णयले पानीको स्रोत सुकाउने, तराईमा बाढीको प्रकोप बढ्ने र तराई क्षेत्र मरुभूमिकरण हुने विपक्षी गठबन्धनले जनाएको छ। 

प्रतिक्रिया