‘दक्षिण-पश्चिम मनसुन महाराष्ट्रतर्फ अघि बढिरहेको छ, अर्को साता मुम्बई पुग्ने सम्भावना छ’

काठमाडौं । मौसम विभागले आइतबार दक्षिण पश्चिम मनसून महाराष्ट्र र उत्तरपूर्वको केही भागहरूमा आइपुगेको घोषणा गरेको छ ।
आइतवारसम्ममा यसले महाराष्ट्रको ३० प्रतिशत हिस्सा ओगटेको थियो र पुणे र रायगड जिल्लामा प्रवेश गरेको थियो । मौसम विभागकाअनुसार मनसून अर्को हप्तासम्म मुम्बई पुग्ने सम्भावना छ । मनसूनले आफ्नो तालिकाको दुई दिनअघि बिहीबार बेलुका दक्षिणमा केरलाको समुद्री किनारमा पुुग्यो । यसका साथै मौसम विभागले भने कि मनसूनले पूर्वोत्तरको सम्पूर्ण क्षेत्र ओगटेको छ ।
मौसम विभागले भनेको छ, “दक्षिणपश्चिम मनसून महाराष्ट्रमा पुगेको छ, यो औपचारिक रूपमा तटीय रत्नागिरी जिल्लाको हरनाई बन्दरगाहमा पुुगेको छ, यसको केहि हिस्सा सोलापुर र मराठवाडाबाट तेलंगाना र आन्ध्र प्रदेशसम्म पनि पुग्नेछ ।
विभागका अनुसार मध्य पश्चिम सागरमा दक्षिणपश्चिम मनसून, कर्नाटकको तटीय क्षेत्र, गोवा, महाराष्ट्रका केही भाग, भित्री कर्नाटक, तेलंगाना र आन्ध्र प्रदेशका केही भाग, तमिलनाडुको भाग, बंगालको मध्य खाडी र उत्तरपूर्वीमा पुगेको छ । बंगालको खाडीका भागहरु आईएमडीको राष्ट्रिय मौसम पूर्वानुमान केन्द्रका राजेन्द्र जेनामाणी भन्छन् भाेलिसम्म कम वर्षाको सम्भावना छ ।
प्रतिक्रिया