बिहीबार, जेठ ९, २०८२

पाकिस्तानको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ४० पुग्यो

नेपालखोज २०७८ जेठ २४ गते १६:०१
दुर्घटना

काठमाडौं । पाकिस्तानको सिन्ध प्रान्तकाे घोट्की नजिक सर सय्यद एक्सप्रेस र मिल्लत एक्सप्रेसको बीचमा भएको दुर्घटानामा ४० जनाकोे मृत्यु भएको छ । उक्त दुर्घटनामा एक सयभन्दा बढी यात्रु घाइते भएका छन् ।

रेडियो पाकिस्तानका अनुसार सोमबार बिहान दहरकी नजिक सर सैयद एक्सप्रेस र मिल्लत एक्सप्रेसको बीचमा ठाेक्किएका थिए ।

बीबीसी रिर्पाेटका अनुसार गम्भीर घाइते भएका यात्रुहरुलाई अस्पताल पठाइएको छ भने बोगीमा फसेको यात्रुलाई उद्धार कार्य सुरु गरिएको छ । रेलवेका अनुसार मिल्लत एक्सप्रेस कराचीबाट सरगोधा जाँदै थियो भने सर सय्यद एक्सप्रेस रावलपिंडीबाट कराची जाँदै थियो । बीबीसी

प्रतिक्रिया