बुधबार, जेठ ८, २०८२

कोरोनाको उपचार गर्दा अस्पतालले बढी शुल्क लिए उजुरी गर्न सकिने

नेपालखोज २०७८ जेठ २४ गते २०:५४

काठमाडौं । कोरोना उपचार गर्दा निजी अस्पतालहरुले सरकारले तोके भन्दा बढी शुल्क लिएमा उजुरी गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । सोमबार सर्वाधारणका नाममा अपिल जारी गर्दै मन्त्रालयले सरकारले यस्तो आग्रह गरेको हो ।

कोभिड–१९ संक्रमितको उपचार तथा व्यवस्थापनमा दैनिक सामान्य बिरामीको ३ हजार ५ सय, मध्यमको ७ हजार र गम्भीर बिरामीको १५ हजार रुपैयाँ भन्दा बढी शुल्क लिएको पाइएमा नियम अनुसार कारबाही हुने भन्दै पीडितलाई उजुरी गर्न भनिएको छ ।

मन्त्रालयका अनुसार यसरी बढी शुल्क लिएमा स्थानीय तह, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका निकाय, जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न सकिने छ । सार्थ प्रदेशको सामाजिक विकास मन्त्रालय र संघको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि उजुरी गर्न सकिने छ । यसरी उजुरी गर्दा बढी शुल्क लिएको प्रमाणसहित गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

उजुरीको आधारमा दोषी पाइएमा सरकारले निर्णयानुसार गर्न गराउन पनि स्वास्थ्य मन्त्रालयले सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया