बुधबार, जेठ ८, २०८२

साल्ट ट्रेडिङ कर्पोरेसनका बिक्री कक्षहरु भोलिदेखि बिहान ७ देखि ९ बजेसम्म मात्रै खुल्ने

नेपालखोज २०७८ जेठ २४ गते २१:४३

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडका बिक्री कक्षहरु भोलिदेखि बिहान ७ बजेदेखि ९ बजेसम्म मात्रै खुल्ला रहने भएका छन् ।

सरकारले बजेट वक्तव्यमा निषेधाज्ञा अवधिभर कर्पोरेशनका बिक्री कक्षहरुबाट बिक्री हुने तोकिएका खाद्यवस्तुमा २० प्रतिशत छुट दिने घोषणा गरेको थियो ।

उक्त निर्णय अनुसार कर्पोरेशनले आफ्नो बिक्री कक्षहरुबाट खाद्यवस्तुहरु बिक्री वितरण गर्दै आइरहेकोमा उपभोक्ताको भिडभाड हुन गई कोरोना संक्रमणको जोखिम बढेकाले मंगलबारदेखि कर्पोरेशनका बिक्री कक्षहरु बिहान ७ देखि ९ बजेसम्म मात्रै खुल्ला रहने कर्पोरेशनले सोमबार विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया