लुम्बिनीमा नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
नेपालखोज
२०७८ जेठ २५ गते ७:१५

बुटवल । लुम्बिनी प्रदेश सरकारले आज (मंगलबार) नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि मंगलबार अपराह्न ४ बजे प्रदेशको नीति तथा कार्यक्रम सार्वाजनिक गर्ने प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।
मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गर्ने र असार १ गते प्रदेशसभाबाट बजेट ल्याउने तयारी भएको उनले जानकारी दिए । प्रदेशका मुख्यमन्त्री अल्पमतमा रहेका बेला लुम्बिनी सरकारले बजेट तथा नीति संसद्बाटै ल्याउने तयारी गरेको हो ।
नीति तथा कार्यक्रम र बजेट संसद्बाटै बहुमतले पारित गरेर देखाउने सरकारका प्रवक्ता चौधरीले दाबी गरे ।
सम्बन्धित
प्रतिक्रिया