भारतको पश्चिम बंगालमा चट्याङ लागेर २३ जनाको मृत्यु
नेपालखोज
२०७८ जेठ २५ गते ८:१२

दिल्ली । भारतकै पश्चिम बङ्गालका तीनवटा जिल्लामा चट्याङ्ग लागेर कम्तीमा २३ जनाको ज्यान गएको छ । अन्य केही घाइते भएका छन् । हुगलीमा १० जना, मुर्सिदाबादमा नौ जना, हाबडा र पश्चिम मोदिनीपुरमा २÷२ जनाको ज्यान गएको प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुवै घटनाप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेहरुका लागि ५० हजारका दरले राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया