पन्जाबमा कोरोनाको सम्भावित तेस्रो लहरसँग जुध्न तयारी सुरु
नेपालखोज
२०७८ जेठ २५ गते ८:४०

पन्जाब । भारतको पन्जाबमा कोरोना भाइरस (कोभिड- १९) को सम्भावित तेस्रो लहरसँग जुध्न तयारी सुरु गरिएको छ । मुख्यमन्त्री अमरिन्दर सिंहले बालरोग विशेषज्ञको समूह मिलेर एक उपचार प्रोटोकल तयार गरिने बताएका छन् ।
उक्त समूहले सरकारी मेडिकल कलेज, स्वस्थ्य विभाग एवं चण्डीगढस्थित स्नातकोत्तर चिकित्सा शिक्षा एवं अनुसन्धान संस्थानका विशेषज्ञ पनि सहभागी हुनेछन् । मुख्यमन्त्री सिंहले सबै सरकारी मेडिकल कलेजहरुमा तीन दिनका लागि अक्सिजनको भण्डारण क्षमता बढाउन पनि निर्देशन दिएका छन् ।
मुख्यमन्त्री सिंहले राज्यका अधिकारीहरुसँग संक्रमण नियन्त्रणबारे छलफल पनि गरेका थिए । उक्त छलफलमार्फत मुख्यमन्त्री सिंहले बाल चिकित्सा प्यानलको गठन गर्दै संक्रमण नियन्त्रण गर्न विभिन्न निर्देशनसमेत दिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया