बौद्धमा बोराभित्र पोको पारेको शव फेला, हत्या दुई साताअघि भएको अनुमान

काठमाडौं । काठमाडौंस्थित बौद्धमा बोराभित्र शव फेला परेको छ । मंगलबार बिहान टाउनप्लानिङ स्थित नयाँ बस्तीमा बोराभित्र पोको पारेर फालिएको अवस्थामा शव फेला परेको हो ।
बिहानै शव फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । शव फेला परेको स्थानमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । शवको पहिचान खुल्न सकेको छैन् । महानगरीय अपराध महाशाखाका अनुसार शवको प्रकृति हेर्दा दुई साताअघि नै हत्या भएको जस्तो देखिएको छ ।
परालले बेरेर शव बोरामा प्याक गरी फ्याँकिएको अवस्थामा फेला परेको छ । तर, बोरामा शव पुरा भेटिएको छैन् । जलाइएको जस्तो देखिने शवको पैतालाको भाग र हड्डीहरु मात्रै भेटिएकाले मृतक को हो भन्नेबारे पहिचान खुल्न नसकेको महाशाखाले जनाएको छ । शव पोस्टमार्टम र डीएनए प्रोफाइलका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ, भने अहिले तालिमप्राप्त कुकुरसहित प्रहरी घटनास्थलमा छ।
प्रतिक्रिया