बुधबार, जेठ ८, २०८२

अवैध रुपमा ह्‌यान्ड स्यानिटाइजर उत्पादन गर्ने दुईजना पक्राउ

नेपालखोज २०७८ जेठ २५ गते १४:१२


काठमाडौं । नागार्जुन नगरपालिका-२ सानो भर्याङ्गस्थित टहरामा अबैध रुपमा ह्यान्ड स्यानिटाइजर उत्पादन गरेको अभियोगमा काठमाडौं थानकोट बस्ने दुई जना पक्राउ परेका छन् । प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

२४ वर्षीय रोशन जैसवालसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हाे । उक्त टहरामा अबैध रुपमा ह्यान्ड स्यानिटाइजर उत्पादन गर्ने गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले उक्त टहरा तलासी गरेकाे थियाे ।

तलासीकाे क्रममा १ सय मिलिलिटरको ९ सय ३५ थान, ५ सय मिलिलिटरको ३ हजार ८ सय ८० थान र ५ लिटरको ग्यालेन ९६ थान ह्यान्ड स्यानिटाइजर फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया