मंगलबार, जेठ ७, २०८२

पार्टी एकताका लागि जेठ २ अगाडिकाे स्थायी कमिटी बैठक बोलाउन नेता गाैतमकाे माग

नेपालखोज २०७८ जेठ २५ गते २१:०३

काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले पार्टीलाई एकताबद्ध गर्न २०७५ जेठ २ गते कायम स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन् ।

दुई वरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाउन आग्रह गरेका हुन् ।पार्टी एकता राष्ट्रिय अभियानको सोमबार भर्चुअल रुपमा भएको कार्यसम्पादन समितिको बैठकको निष्कर्ष सार्वजनिक गर्दै उनले यस्ताे बताएका हुन् ।

एकता अभियानका संयोजक गौतमले मंगलबार जारी गरेको विज्ञप्तिमा कार्यसम्पादन समितिको बैठकले अध्यक्ष ओलीको ६ बुँदे प्रस्तावलाई पार्टी एकताको इमान्दार प्रयत्न मान्न नसकिने निष्कर्ष निकालेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया