मंगलबार, जेठ ७, २०८२

संसारकै खुँखार आतन्कबादी संगठनका प्रमुख अबुबकर शेकऊ को थिए ?

नेपालखोज २०७८ जेठ २६ गते १२:४६

काठमाडाैं । बसंसारकै क्रुर आतंन्कबादी संगठनहरु मध्येको एक बोको हरामका प्रमुख अबुबकर शेकऊले आत्महत्या गरेको समाचार ७/१०दिन अघिनै सार्वजनिक भएपनि उनको दुश्मन संगठन इस्लामिक स्टेटले हिजो मात्र त्यसलाई पुस्टि गर्यो ।

अबुबकरले इस्लामिक स्टेटको पश्चिम अफ्रीकि क्षेत्रका जेहादी लडाकुहरुसँगको भिडन्तमा आफैलाई बमले उडाएका थिए । इस्लामिक स्टेटका लडाकुहरुबाट घेरिएपछि अबुबकरले शत्रुको हातबाट मारिनुको विकल्पमा आत्महत्या रोजेको बताइन्छ ।

यस्तो छ अबुबकर शेकऊको विगत

संसारका विभिन्न देशमा विभिन्न आतन्ककारि संगठनहरुको रक्तरन्जित खेल जारी छ । यसक्रममा अफ्रिकी मुलुक नाइजेरियामा भय र आतंकको तान्डव मच्चाउने संगठन बोको हराम पनि एक हो र यसका प्रमुख हुन अबुबकर शेकऊ जसले अनाहकमा हजारौं निर्दोष अफ्रीकाहरुको बीभत्स हत्या गरे ।

बोको हरामको स्थापना सन् २००१ मा मोहम्मद युसुफ ले गरेका थिए । बोको हराम मुलतः कट्टरपंथी इस्लामिक संगठन हो र यसले मुस्लिमहरुलाई पश्चिमी तौर/तरीकाहरुबाट अलग राख्नुपर्छ भन्ने मान्यता राख्छ । बोको हरामको शाब्दिक अर्थ नै पश्चिमी शिक्षा पाप हो भन्ने हो ।

यो संगठनका अनुसार चुनावमा भाग लिनु पनि पाप हो । बोको हरामले युवतीहरुलाई घरबाहिर निस्कन समेत बन्देज लगाएको थियो । बोको हरामका संस्थापक मोहम्मद युसुफको मृत्युु सन् २००९ मा प्रहरी हिरासतमा भएको थियो ।

त्यसपछि अबुबकर शेकऊ यो आतंककारि संगठन को प्रमुख भए । यो संगठन को मुल ध्येय नाइजीरियामा सरकार वा सत्ता लाई समुल नस्ट गरेर पूर्णरूपको इस्लामिक स्टेट बनाउनु हो ।

अबुबकर शेकऊ प्रमुख भएपछि बोको हरामको गतिबिधिमा थप तिब्रता आयो र यसले बमबारी, लूट तथा अपहरणको एउटा लामो श्रृङखला नै चलायो ।

सन् २०१४ मा यसले नाइजेरियाको एउटा क्षेत्रमा कब्जा जमायो र उक्त क्षेत्रलाई इस्लामिक कानून अनुरुप चलाउन थाल्यो । भिडियोहरु मार्फत आफ्नो र आफ्नो संगठनको प्रचार गर्ने अबुबकर शेकऊका कयाैं भिडियो भाइरल भएका छन ।

सन् २०१२ मा भाइरल भएको एउटा भिडियोमा अबुबकरले भनेका छन मलाई मान्छे सेर्दा ठीक त्यस्तै मज्जा आउँछ जस्तो मज्जा कुखुरा हलाल गर्दा आउँछ ।

अबुबकर शेकऊले बोको हराम को कमान्ड सम्हाले यता करिब तीस हजार मानिसको हत्या गरेको बताइन्छ भने तीन लाख भन्दा बढि मानिस बेघरबार बनाइएका छन ।

अबुबकर शेकऊले विश्वव्यापी चर्चा तब पाए जब उनको संगठनले सन् २०१४ मा नाइजीरिया को चिबोक शहरका करीब तीन सय किशोरिको अपहरण गर्यो ।

त्यस पछि संसारभर त्यसको निन्दा मात्र गरिएन ती छात्राहरुलाई रिहा गराउन विभिन्न अभियान समेत चलाइए । आजसम्म पनि अपहरित छात्रा मध्ये कयाैंको स्थिति अज्ञात छ ।

यहि घटना पछि अमेरिकाले अबुबकर शेकऊ लाई अन्तर्राष्ट्रिय आतंकवादी घोषित गर्दै उनको टाउकाको मूल्य सात लाख डलर तोक्यो । अबुबकर शेकऊको मृत्युुपछि के अब बोको हराम समाप्त हुन्छ ? के यो आतंककारि संगठन इस्लामिक स्टेट वेस्ट अफ्रीका प्रोविंन्स सँग पूर्ण रुपमा पराजित भएको हो ?

त्यसो हो भने बोको हरामका मानिसहरु अब के गर्छन् वा इस्लामिक स्टेटले उनिहरुसँग कस्तो व्यवहार गर्ने छ ? के अब बोको हराम इस्लामिक स्टेटमा विलय हुन्छर ? कि नयाँ प्रमुख को चयन गरि बोको हराम फेरि सक्रिय हुनेछ ? यी र यस्तै प्रश्नहरु बीच हाललाई भने सारा संसारले राहतको सास फेरेको छ ( कमसेकम यो संसारले एउटा खूँखार आतंककारी बाट मुक्ति त पाएको छ ।

प्रतिक्रिया