‘स्थानीय तह र प्रदेशले पाउने अधिकारका लागि आवाज उठाउँछु’ (भिडियोसहित)

काठमाडाैं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य दृग नारायण पाण्डेले संघीयताको आधारमा स्थानीय तह र प्रदेशले पाउने अधिकारको लागि आफुले दह्रोगरी आवाज उठाउने बताए ।
बुधबार राष्ट्रिय सभा सदस्यको सपथ ग्रहणपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ देशको संघीयता, समावेशी र समानुपातिकताको आधारमा स्थानीय तह र प्रदेशले पाउने अधिकार अझैपनि पाउन नसकेको भन्दै त्यसको निम्ति संसदमार्फत् बुलन्द आवाज उठाउने बताए ।
उनले नेपालको लोकतन्त्र र संविधान ओझेलमा देखिएको टिप्पणी पनि गरे । नेपाली कांग्रेसका उम्मेदवार पाण्डेले नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) माधव नेपाल पक्ष, जसपा उपेन्द्र यादव पक्ष र जनमोर्चाको समेत समर्थनमा जेठ १७ गते लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले बुधबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट सपथग्रहण गरेका हुन् ।
प्रतिक्रिया