नेता कँडेलले भने- ‘हाम्रो मुख्यमन्त्री प्रदेशसभाको लाइभ टीभीमा हेर्नुहुन्छ’

काठमाडौं । नेकपा एमाले कर्णाली संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको आलोचना गरेका छन् । आज बसेको कर्णाली प्रदेशसभाको आठौं अधिवेसनको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले मुख्यमन्त्री बैठकमा सहभागि नभएको भन्दै आक्रोश पोखेका हुन् ।
‘हुन त हामी एउटै पार्टीमा हुँदा उहाँ आफ्नै कार्यकक्षबाट प्रदेशसभाको लाइभ टेलिभिजनमा हेर्ने र नजिकका मन्त्रीहरुलाई ठोक्नुस् यसलाई भनेर निर्देशन दिनेवाला हुनुहुन्छ, उनले सभामा बोल्दै भने, ‘त्यस्तो मान्छे पदमा भएपछि कसरी हुन्छ ?’ मुख्यमन्त्री शाहीतर्फ संकेत गर्दै नेता कँडेलले प्रश्न गरेका छन्, ‘जनयुद्धबाट आएको मानिसको मानसिकता यस्तै हो की के हो ?’
यसअघि सोमबारको बैठक प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले अवरुद्ध गरेपछि स्थगित भएको थियो । प्रदेशसभाको बैठक सोमबार दिउसो २ बजे र बेलुका ५ बजे बसेको थियो ।
पहिलो बैठकमा प्रारम्भ मै एमाले संसदीय दलका यामलाल कँडेलले फौजदारी अभियोग लागेका ब्यक्तिलाई प्रदेश सरकारको मन्त्रीमा राखेकामा आक्रोश पाखेका थिए।
दोषी करार व्यक्ति सभामा राख्ने स्थितिको अन्त्य र सुधार नगरेसम्म बैठक चल्न नदिने बताएका थिए । प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग राखेपछि यसअघि प्रदेशसभा बैठक अवरुद्ध भएको थियो ।
प्रतिक्रिया