मंगलबार, जेठ ७, २०८२

सर्वोच्चद्वारा सरकारसँग प्रतिनिधिसभा विघटन गर्नुको लिखित कारण माग

असार ९ गतेदेखि निरन्तर सुनुवाइ हुने

नेपालखोज २०७८ जेठ २६ गते १६:०६

काठमाडाैं । सर्वोच्च अदालतले सरकारसँग प्रतिनिधिसभा विघटन गर्नुको लिखित कारण माग गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले सरकारसँग लिखित जवाफ माग गरेको हो ।

सर्वोच्चमा विषय केन्द्रित मुद्दामा बुधबार मात्र नियमित सुनुवाइ शुरू भएको हो । यसअघि झण्डै दुई साता इजलास गठनको विवादमै अल्झिएको थियो । विपक्षीले लिखित जवाफ बुझाएपछि असार ९ गतेदेखि निरन्तर सुनुवाइ हुने भएको छ ।

प्रतिक्रिया