मंगलबार, जेठ ७, २०८२

कर्णाली प्रदेशसभाको बैठक आज पनि अघि बढ्न सकेन

नेपालखोज २०७८ जेठ २६ गते २०:१०

काठमाडौं । प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण कर्णाली प्रदेशसभाको बैठक आज पनि अघि बढ्न सकेन् । आज बसेको आठौँ अधिवेशनको दोस्रो बैठकमा पनि एमालेका सांसदले उभिएर विरोध जनाएपछि बैठक कार्यसूचीमा प्रवेश गर्न नसकेको हो ।

सभामुख राजबहादुर शाहीले बैठक अघि बढाउनका लागि पटक–पटक आग्रह गरे पनि अवरोध जारी भएपछि आधा घण्टाका लागि स्थगित गरिएको थियो । आधा घण्टामा पनि सहमति जुट्न नसकेपछि विशेष कारणबस भन्दै बैठक भोलि दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रदेश सभा सचिब जिवराज बुढाथोकीले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएका हुन् । एमालेले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग राखेर बैठक अवरुद्ध गर्दै आएको छ ।

यसअघि सोमबारको बैठक प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले अवरुद्ध गरेपछि स्थगित भएको थियो । प्रदेशसभाको बैठक सोमबार दिउँसो २ बजे र बेलुका ५ बजे बसेको थियो ।

प्रतिक्रिया