चौबीस घण्टामा डडेलधुरामा सबैभन्दा बढी ११२ मिलिमिटर वर्षा
नेपालखोज
२०७८ जेठ २७ गते १४:४१

काठमाडौं । पछिल्लो चौबीस घण्टामा डडेलधुरा जिल्लामा सबै भन्दा बढी वर्षा भएको छ । देशभर सञ्चालित २१४ वटा वर्षा मापन केन्द्रहरुमा गरिएको मापनअनुसार गत चौबीस घण्टामा देशभरका १ सय ८ वटा केन्द्रमा वर्षा मापन भएको छ । जसमा सबैभन्दा बढी डडेल्धुरा केन्द्रमा ११२ दशमलव शून्य मिलिमिटर वर्षा भएको छ ।
त्यस्तै, मापन गरिएका अन्य केन्द्रहरुमध्ये ५१ वटा केन्द्रमा १० मिलिमिटरभन्दा बढी, २६ वटा केन्द्रमा २५ मिलिमिटरभन्दा बढी, १२ वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी र १ वटा केन्द्रमा १ सय मिलिमिटर भन्दा बढी वर्षा भएको मौसमविद् धर्मनाथ उप्रेतीले जानकारी दिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया