मंगलबार, वैशाख १८, २०८१

म्यान्मारमा सैनिक विमान दुर्घटना : १२ जनाको मृत्यु, २ जनाको उद्धार

नेपालखोज २०७८ जेठ २७ गते १४:५१

यांगुन । म्यान्मारको मन्डाले क्षेत्रमा प्रतिकूल मौसमका कारण बिहीबार बिहान एउटा सैनिक दुर्घटनाग्रस्त भएको छ ।

सेनाका प्रवक्ता मेजर जनरल ज मिन टुनले विमानमा १४ जना सवार रहेको जानकारी दिए । राजधानी नापिटअबाट पिइन ऊ एल्वीनतर्फ उडिरहेको उक्त विमान स्थानीय समय अनुसार बिहान करिब ८ बजे दुर्घटनाग्रस्त भएको थियो ।

उनले खोज तथा उद्धार जारी रहेको जानकारी दिए । तर मन्डालेस्थित अग्नि नियन्त्रक विभागले सामाजिक सन्जालमा पोस्ट गरेको तस्बिरमा विमानमा सवार सबै १२ जनाको मृत्यु भएको जनाइएको छ । सेनाका अनुसार दुई जनालाई उद्धार गरी उपचारका लागि सैनिक अस्पतालमा भर्ना गरिएको छ । -प्रतीकात्मक तस्बिर

प्रतिक्रिया