सोमबार, जेठ ६, २०८२

प्रदेशसभामा विपक्षीको बहुमत पुग्ने अवस्था नरहेको मुख्यमन्त्री गुरुङको दाबी

नेपालखोज २०७८ जेठ २७ गते १५:३२

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विपक्षीको बहुमत पुग्ने अवस्था नरहेको दाबी गरेका छन् ।

प्रदेशसभा बैठकमा विश्वासको मत पाउने प्रस्ताव पेस गर्दै आफ्नो पक्षमा बहुमत पुग्ने बताए। बैठक आधा घण्टाका लागि स्थगित भएको छ । यसअघि बैठकमा प्रदेश सभा सदस्यहरुले विश्वासको मतमाथिको छलफलमा आफ्नो धारणा राखेका छन् ।

विश्वासको प्रस्तावको पक्ष र विपक्षमा सांसदहरुले बोलिसकेपछि मुख्यमन्त्री गुरुङले जवाफ दिने तयारी छ । लगतै मुख्यमन्त्रीको प्रस्तावमाथि मतदान सुरु हुने बताइएको छ ।

प्रतिक्रिया