सोमबार, जेठ ६, २०८२

झापाको बीएन्डसीलाई सम्बन्धन दिन लागिएको विरोधमा प्रदर्शन, ६ जना पक्राउ

नेपालखोज २०७८ जेठ २७ गते १७:१८

काठमाडौं । झापास्थित बीएण्डसी अस्पताललाई अवैध रुपमा मेडिकल कलेजको सम्बन्धन दिन लागिएको भन्दै सोलिडारिटी फर डा. केसी अलायन्सले विरोध प्रदर्शन भएको छ । विरोधमा प्रदर्शनमा उत्रिएका सोलिडारिटी फर डा. केसी अलायन्सका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २८ गते चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक राखेर अवैध रुपमा बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिलाउन लागेको भन्दै त्यसविरुद्ध प्रदर्शनमा उत्रिएका ६ जना पक्राउ परेको सोलिडारिटी फर डा. केसी अलायन्सका संयोजक डा. जीवन क्षेत्रीले जानकारी दिए ।

क्षेत्रीका अनुसार माइतिघर मण्डलामा विरोध प्रदर्शनका क्रममा अलायन्सका अभियन्ताहरु छिरिङ तामाङ, सचिन तिमल्सेना, लोकेश कुँवर, चेतन बुढाथोकी, साजन तामाङ र शशि विक्रम कार्की पक्राउलाई प्रहरीले पक्राउ गरेको हो। उनले पक्राउ परेका सबैको तत्काल रिहाइको मागसमेत गरेका छन्।

प्रतिक्रिया