८३ निजी अस्पतालमा कोरोना संक्रमितको उपचार निःशुल्क
नेपालखोज
२०७८ जेठ २७ गते १८:०५

काठमाडौं । अब निजी अस्पतालहरुमा पनि कोरोना संक्रमणका बिरामीले निःशुल्क उपचार गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुसँग कोभिड–१९ केयर युनिट सञ्चालनसम्बन्धी सम्झौता गरी निःशुल्क सेवा प्रदान गर्ने व्यवस्था गरेको जनाएको छ ।
मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै विभिन्न ८३ निजी अस्पतालको नाम सार्वजनिक गर्दै उक्त अस्पतालहरुमा संक्रमितहरुले उपचार गर्न चाहेको खण्डमा निः शुल्क उपचार गर्न पाउने जानकारी गराएको हो ।
मन्त्रालयले सम्झौता गरेका अस्पतालहरुलाई आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केसको उपचारका लागि ७ हजार र आईसीयू तथा भेन्टिलेटसहितको उपचारका लागि १५ हजार रुपैयाँका दरले शोधभर्ना दिनेछ ।
निःशुल्क उपचार हुने अस्पतालको सूची :


सम्बन्धित
प्रतिक्रिया