शुक्रबार, वैशाख १२, २०८२

शेयर बजारमा फेरी नयाँ चुनौती, लगानीकर्ताले अब कति कुर्नुपर्ला ?

नेपालखोज २०७६ असोज ८ गते १४:४५

८ असोज २०७६, काठमाडौँ । लगातार करिब चार बर्षको शेयर गिरावटपछि शेयर लगानीकर्ताहरुमा नयाँ आशा पलायको थियो, अब त सबै ठिक हुन्छ भन्ने । तर, यो आशाले वास्तविकताको नजिक देखा पर्न नपाउदै फेरी विभिन्र्ने कठिन चुनौतिहरु देखिएका छन् ।

गएको आर्थिक बर्षको राम्रो खुद नाफा विवरण दिएका केही कम्पनीहरुले लगानीकर्ताहरुलाई राम्रो लाभांश वितरणको प्रस्ताव गरे तर शेयर बजारमा आशलाग्दो सुधार हुन सकेन ।

यसको प्रभावले लगानीकर्ताहरु अहिले टाउकोमा हात राख्ने अवस्थामा पुगेका छन् । दशैैँको मुखमा पनि लगानीकर्ताहरु घट्दो शेयरको मूल्यको चेपुवामा छन् । लगानीकर्तालाई अहिले पहिलो त्रैमासको ब्याज तिर्नुपर्ने बाध्यता छ ।

शेयर बजारमा कुनै चमत्कारिक सुधार भएत हो होईन अवस्था यही रहयो भने यस पटक पनी दशैँ खर्च र त्रैमासको ब्याज तिर्नु पर्ने रकम एकै साथ जुताउनु पर्ने देखिन्छ ।

कम्पनीहरुले घोषणा गर्ने लाभांशले शेयरको मूल्य समायोजन गरिदिएको छ र यसरी बजारमा घटाईको चक्र अरु लामो समय चल्ने हो कि भन्नेहरुलाई अझै सोचमग्न बनाईदिने गरेको छ । त्यसमाथि बोनस शेयर थपिएर आपुर्ति बढ्ने तर बजार प्रबेश गर्ने ठूलो लगानी र नयाँ लगानीकर्ताहरुमा कमी आउँदा अधिक आपुर्तिको अबस्था कायमै रहन्छ कि भन्ने पनि हो ।

दशैपछि लगत्तै पुनर्बिमा कम्पनीको डेढ अर्ब भन्दा बढीको आईपीओ आउँने र १३ वटा नयाँ बीमा कम्पनीहरुले पनि ठूलो सख्यामा आपुर्ति बढाउने अबस्था आउँदा त्यसलाई दोस्रो बजारले कसरी सामना गर्छ भन्ने प्रश्न पनि खडा छ यस बेला । पूँजी बजार बिकासका लागि नीति, नियम, पुर्वाधार र प्रबिधि ठीक पारी तत्काल सुधार गर्न गरिएको प्रयास सार्थक नहुँदा चार बर्षदेखिको घटाईको मार अझै लम्बिन्छ कि भन्ने आशंकालाई झन् झन् बलियो रुपमा देखिईरहेकोछ ।

अहिले ठूला खाले लगानी गर्न चाहनेहरु बजार छिर्न चाहिरहेका छैनन् । अर्थमन्त्री डा. युवराज खतिवडाले केही लचकता देखाई लगानीकर्तालाई शेयरमा लगानी गर्न आब्हान गर्नु भयो ३ दिन पहिले । तर तेस्रो दिनमै बजार नकारात्मक प्रतिक्रियामा गयो । यसले लगानीकर्ताहरु सरकारको अर्थनीति र पूँजी बजारसम्बन्धी रणनीतिबाट आश्वस्त हुन नसकेको बुझाई रहेको छ । अहिले नै बैंक तथा बित्तीय संस्थाहरुमा लगानीयोग्य रकम अर्थात तरलताको संकट फेरि गहिरिन थालेको छ । यदी, राष्ट्र बैंकको नयाँ नीतिले पहिलो त्रैमासमा बैंकहरुको आम्दानीमा असर पारेको विवरण सार्वजनिक हुने हो भने थप संकटको आँकलन हुनसक्छ ।

प्रतिक्रिया