बिहीबार, वैशाख १३, २०८१

गालीको वर्षात पछी “छक्का पन्जा“ २ युटुबमा

नेपालखोज २०७६ असोज ९ गते १६:४१

काठमाडौं । नायिका तथा हाँस्य कलाकार दिपाश्री निरौला द्धारा निर्देशित चलचित्र ‘छक्का पन्जा २’ युटुबमा सार्वजनिक भएको छ । व्यवसायका हिसाबले राम्रै कमाइ गरेको यो चलचित्र २०७४ असोज ११ गते रिलिज गरीएको भएता पनि २ वर्ष बितिसक्दा पनि युटुबमा सार्वजनिक भएको थिएन ।

हाइलाइट्स नेपाल नामक युटुव च्यानलले सोमबार बेलुकी यो चलचित्र अपलोड गरेको छ । यो चलचित्र युटुबमा नआएपछि छक्का पन्जा टिमसँग दर्शक आक्रोशित भएका थिए ।

सामाजिक सञ्जालमा दर्शकहरू विशेष गरेर दीपकराज गिरी माथि आक्रोशित भएको देखिन्थे । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल, शिवहरि पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ । उक्त चलचित्रमा युटुबमा पनि राम्रै भ्युज गएको छ भने प्रतिक्रिया पनि राम्रो नै छ ।

तर, चलचित्र युटुबमा नराखेर आक्रोसत बनेका कतिपय दर्शकले भने यस्तो जाबो त रैछ नि फिल्म त्यही नी युटुबमा राख्न यत्रो समय किन लाएको भनेर कमेन्ट गरेका छन् । समग्रमा यो चलचित्र राम्रो नै रहेको दर्शकहरूको प्रतिक्रिया छ । यो चलचित्र अहिले युटुवको ट्रेंडिंगमा २ मा रहेको छ ।

प्रतिक्रिया