शुक्रबार, वैशाख १४, २०८१

खेलको विकासका लागि स्थानीय तहमा पुग्नु पर्दछ

नेपालखोज २०७६ असोज १२ गते १५:१२

नेपालमा खेल क्षेत्रको सम्भावना राम्रो छ । साहासिक खेलहरु हुन् वा अन्य खेलहरुमा नेपालीहरु क्षमतावान छन् । नेपाली खेलाडीको क्षमतालाई चिनेर उनिहरुको क्षमता विकासकालागि आवश्यक तालिमहरु दिन सक्ने हो भने नेपाललाई खेलको हव बनाउन सकिन्छ । अझ स्थानीय स्तरबाटै खेल जगतलाई माथि उठाउन विभिन्न स्पोर्ट एकेडेमीको खाँचो छ । यसै सन्द्रर्भमा मदन भण्डारी स्पोर्ट एकेडेमीका काठमाडौँ जिल्ला अध्यक्ष नाजिर उद्धिन मिस्लिमसँग गरिएको कुराकानी संक्षेपमा ।

नेपालको खेल जगतमा मदन भण्डारी स्पोर्ट एकेडेमीको महत्वपुर्ण भुमिका छ भन्नुहुन्छ तर तपाईहरुको उपस्थिति खासै देखिदैन नी ?
यस्तो हो, मदन भण्डारी स्पोर्ट एकेडेमीले तयार भएका खेलाडीलाई पिक गर्ने होईन हामी त आउँदो १०÷१५ वर्ष पछिकालागि खेलाडी तयार गर्ने लक्ष्यका साथ अघि बढेका छौँ । स्थानिय स्तरमा विभिन्न क्लब छन् । विभिन्न खेलकुद संघ समिति छन् तर त्यहाँ व्यक्तिगत लगानी वा अभिभावकको लगानीमा तयार भएका खेलाडीलाई स्थान दिईन्छ । हामी भर्खर भर्खर गति लिईरहेका छौँ । तर, यसो भन्दैमा अहिले हाम्रो भुमिका नै छैन भन्ने होईन ।

अहिले राखेपका सदस्य सचिव रहनु भएका रमेश सिलवाल मदन भण्डारी स्पोर्ट एकेडेमीको संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । उहाँको पालामा पनि उलेख्य काम भएको देखिएन । अहिले पनि खेलाडीहरुलाई तपाईको संस्थाले त केही दिनै सकेको छैन नी । कसरी केही गर्नु भयो भन्ने भन्नुस त ?
तुरुन्त रिजल्ट खोज्नेहरुकालागि केही गरेन होला मदन भण्डारी स्पोर्ट एकेडेमीले । होईन भने खेल जगतमा आधारभुत स्तर सुधारकालागि थुप्रै काम भएका छन् ।
अहिलेपनि हामीले विभिन्न अन्तराष्ट्रिय टुनामेन्स्कालागि देशका कुना कुनाबाट खेलाडी छनोट गर्न सहयोग गरिरहेका छौँ । स्थानिय स्तरबाटै खेलमा समावेशिता हुनुपर्ने मान्नेता सहित हामी अघि बढिरहेका छौँ । अहिले हाम्रो केन्द्रिय अध्यक्षले विभिन्न पहल गर्दै हुनुहुन्छ विदेशी लगानी सहायताकालागि । हामीले चीन सरकारसँग सहयोग पनि प्राप्त गरेका छौँ स्पोर्ट एकेडेमिकालागि । चन्द्रगिरी नगरपालिकामा १ सय जना खेलाडीलाई प्रशिक्षण दिने वा खेलमा एकेडेमिक पावर दिनसक्ने क्षमता सहितको स्पोर्ट एकेडेमी निर्माणकालागि । त्यसकालागि हामीले डिपिआर तयार गर्ने काम पनि गरिरहेकै छौँ । सबै काम अघि बढ्दै छ अब छिट्टै सरकारको सहयोगमा त्यहाँको जग्गा अधिग्रहणको प्रकृयामा हामी जाने छौँ । देशका कुना कुनामा हिमाल, पहाड जहाँ दुर्गम क्षेत्र छ त्यहाँ नेपाली होनहार खेलाडी छन् । उनीहरुमा क्षमता छ राम्रो खेल्ने तर व्यवहारिक र राज्यको फितलो उपस्थितिले त्यो क्षमता सही स्थानमा आउन सकिरहेको छैन । हामीले त्यसलाई उजागर गर्ने प्रयास गरिरहेका छौँ । सकेसम्म राम्रो सम्भावना बोकेकालाई मुलधारको टुनामेन्ट्मा समावेशकालागि वातावरण सृजना पनि गरिरहेका छौँ हामीले ।

त्यसो भए तपाईहरु अबको १०÷१५ वर्ष पछि नेपालकालागि होनहार खेलाडीहरु उत्पादन गर्नुहुन्छ ?
हाम्रो लक्ष्य त्यही हो हामी गर्छौँ शंका गर्नु पर्ने ठाउँ छैन । तर, सरकारको सहयोग पनि खाँचो छ हामीलाई ।

सरकारको सहयोगको खाँचोको कुरा भनि हाल्नु भो म त्यसैमा केन्द्रित हुन्छु । अहिले खेल जगतमा सरकारी योजना र कार्यान्वयन पाटो कस्तो पाउनुभएको छ ?
खासमा विगतका तुलनामा पछिल्ला वर्षहरुमा सरकारले खेल क्षेत्र विकासकालागि छुट्याएको बजेट र योजना केही राम्रा छन् तर यतिले पुग्दैन । कार्यान्वयन पाटो पनि फितलो छ योजनाको । देशभरका रंगशाला पनि अस्तव्यस्तै छन् । खेलाडीहरु दुर दराजमा छन् । तिनको सही पहिचान र उनिहरुलाई सहयोगकालागि काम भएको छैन । खेलाडी त राष्ट्रका गहना हुन् नी त उनिहरुको जिवन सुरक्षाका पनि सवाल उठ्छन् । हाम्रो देशमा खेलाडीको जिवन सेक्योर एकदमै कम छ ।
खेलाडीहरु त हिमालमा छन् । पहाडमा छन् । दुर्गम ठाउँमा छन् । उनीहरु सामान्य प्रशिक्षणकालागि पनि सुगम क्षेत्र झर्नु पर्छ आफ्नै लागनीमा आफुलाई तयार गर्नु पर्छ अनि कसरी बलियो हुन्छ नेपाली खेल क्षेत्र । त्यसैले खेल क्षेत्रबाटै नेपाललाई विश्वमा चिनाउन्न सरकारले स्थानिय स्तरबाटै खेलाडी उपात्दनकालागि विशेष प्राथमिकता दिनु पर्छ । अहिलेका स्थानिय सरकारहरुले पनि खेल क्षेत्रलाई विशेष प्रथमिकता राख्नु पर्छ ।

यि समस्या त छदै छन् । खेल जगतमा राम्रो होईन हाम्रा समावेश गर्ने प्रवृति धेरै देखिन्छ । तपाईले हाम्रा प्रवृति कतिको पाउनुभएको छ ?
त्यो त छ नेपाली खेल जगतमा । अहिलेपनि खेलको प्रशासनिक पक्ष राजनीतिक रंगमा अल्झिने गरेको छ भने खेलाडी छनोटमा पनि धेरै अवस्थामा राम्रो खेलाडी भन्दा हाम्रो खेलाडी प्रतिको झुकाव रहने गरेको पाईन्छ ।

समग्रमा नेपाली खेल जगतको स्तर माथि उठाउन के गर्नु पर्ला ?
म तपाईलाई एकै वाक्यमा भन्छु है त । स्थानिय स्तरदेखिनै खेलाडीको राम्रो सम्भावना भएकाहरुलाई उपयुक्त वातावरण तयार ग¥यो भने खेल जगतले फड्को मार्न बेर लाउँदैन । अनी अर्को अहिले पनी हेर्नुस डिसेम्बरमा दक्षिण एसियाली खेलकुद (साग) आउँदैछ तर खेलाडीहरुको अभ्यासकालागि उपयुक्त वातावरण नै छैन । पुर्वाधारको अवस्था पनि त्यस्तै छ । हो यस्तै यस्तै साना साना कुरामा ध्यान दिएर नीतिगत र व्यवहारगत सुधार गर्न सके नेपाल खेलकुदको हव बन्न सक्छ । नेपालको जस्तो खेलमा सम्भावना बोकेका मुलुक कमै हुन्छन् । अक्सिजन विनै सगरमाथा चढ्ने क्षमता त नेपालीमा छ भने अरु साना तिना चुनौतिलाई त नेपालीले यसै सामना गर्छन् । तर, ति दुरदराजमा रहेका क्षमताको उचित मुल्याङकन भने हुनुपर्छ ।

प्रतिक्रिया