शनिबार, वैशाख १५, २०८१

जसले १३० महिलासँग बिहे गरे, २०३ बच्चाको बुवा बने

नेपालखोज २०८० माघ १० गते १८:५६

अहिलेको आधुनिक युगमा बढ्दो महंगी तथा व्यस्त जीवनशैलीका कारण युवायुवतीहरुलाई बिहे गर्न र बच्चा जन्माउन समेत फुर्सद छैन । जसका कारण विश्वका अधिकांश विकसित मुलुकहरुमा मात्र नभएर धेरै विकासशील मुलुकहरुमा समेत जनसंख्याको घट्दो वृद्धिदर चिन्ताको विषय बनिरहेको छ ।

तर नाइजरका एक मुस्लिम धर्मगुरु अर्थात् मौलानाले भने १३० जना महिलासँग बिहे गरेर २०३ जना बच्चा जन्माए ।

यद्यपि सेन्ट्रल नाइजर स्टेटका बासिन्दा रहेका मौलाना मोहम्मद बेल्लो अबूबकर संसारबाट बिदा भैसकेका छन् तर उनको कीर्तिमानका प्रमाणहरु फैलिरहेका छन् ।

आफ्नो जीवनकालमा बीबीसीलाई उनले अन्तरवार्ता दिएका थिए । त्यसक्रममा उनले भनेका थिए, ‘केही मानिसहरु एकजना पत्नी हुँदा पनि दु:खी हुन्छन् । तर, मलाई अल्लाहले यस्तो शक्ति दिनुभएको छ कि सोही कारण मैल १३० जना पत्नीहरुलाई सम्हाल्न सकेको छु।’

उनले बिहे गरेका धेरैजसो महिलाहरु उनीसँग उपदेश लिन आउँथे । अर्थात् आफ्नै विद्यार्थीहरुसँग नै मौलानाले बिहे गरिरहे । तर, करिब ११ दर्जन महिलासँग बिहे गरेको उजुरीसँगै प्रहरीले उनलाई पक्राउ गर्‍यो । तर, अनौठो त के भने उनका १३० पत्नीहरुले नै अबूबकरको समर्थन गरे र उनलाई जेलमुक्त गराए ।

आफूले १३० महिलासँग बिहे गरेको भए पनि अरुलाई भने त्यसो नगर्न मौलानाले सल्लाह दिन्थे । उनी भन्थे, ‘यो अल्लाहले केवल मलाई मात्रै दिएको मिसन हो, जुन मैले पूरा गरें । ‘

प्रतिक्रिया