बुधबार, वैशाख १९, २०८१

हाम्रा कुरा डटकमका सम्पादकलाई धम्की

नेपालखोज २०७६ असोज १६ गते १२:१०

१६ असोज, काठमाडौं । सभामुख कृष्णबहादुर महराले महिला कर्मचारी माथि यौन दूराचार गरेको आरोपका विषयमा पहिलो पटक समाचार तथा श्रव्यदृश्य सार्वजनिक गरेका पत्रकार एवं हाम्रा कुरा डटकमका सम्पादक अजयवाबु सिवाकोटीलाई धम्की आउन थालेको छ ।

सम्पादक अजयबाबुलाई नम्वर नखुलको विभिन्न फोनहरु आउन थालेका छन् । उनी तथा उनको टिममाथि नै सुरक्षा चुनौति देखिएको छ । आफू र आफ्नो टिमलाई विभिन्न खाले धम्की आउन थालेकाले सम्पादक सिवाकोटीले प्रहरीलाई जानकारी समेत गराईसकेका छन् ।

समाचार सार्वजनिक गरेको निहुँमा सम्पादकमाथि बुधबार आक्रमणको प्रयास समेत भएको बताएको छ । सत्य तथ्य समाचार बाहिर ल्याउनु पत्रकारको धर्म हो । आफ्नो कर्तव्य निर्वाह गरेका सम्पादकलाई मात्र होइन उनका घरपरिवारलाई समेत धम्क्याउने कार्य भईरहेको सम्पादक सिवाकोटीले जानकारी दिए ।

समाचार प्रकाशन गरेकै कारण पत्रकारमाथि धम्की र धरपकड गर्न खोज्ने कार्य प्रेस स्वतन्त्रता विरोधी कार्य भएकाले सम्पादक सिवाकोटी, हाम्रा कुरा डटकममा कार्यरत सञ्चारकर्मी एवं सिवाकोटीका परिवारको सुरक्षाप्रति सरकार जिम्मेवारी ढंगले लागोस् ।

प्रतिक्रिया