राजपाका सांसद प्रमोद साहद्वारा विमानस्थल तोडफोड
नेपालखोज
२०७६ असोज २७ गते १७:०३
२७ असोज, जनकपुर । जनप्रतिनिधिहरु अराजक वन्दै गएको आरोप लागिरहेका बेला राजपाका सांसद प्रमोद साहले जनकपुर विमानस्थलमा तोडफोड गरेका छन् । सांसद शाहले बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका हुन् ।
सांसद साहले काउन्टरमा तोडफोड गरेपछि बुद्ध एयरका जनकपुर प्रमुख विजय सिंह विशिष्ट कक्षमै पुगेर झगडा गरेका थिए। सिंहले विमानस्थल सुरक्षाकर्मी लगाएर सांसद साहलाई विमान चढ्न रोकेका थिए।
जनकपुर विमानस्थलमा ११स्४० बजेको समय तोकिएको बुद्ध एयरको ५१० एटीआर ७२ का लागि बोर्डिङ पास लिएर बसेका यात्रु १ बजेर ५० मा उडेका थिए।
सम्बन्धित
प्रतिक्रिया