शुक्रबार, वैशाख ७, २०८१

शीतलनिवासबाट हेलिकोप्टर मार्फत विमानस्थल पुगिन राष्ट्रपति

नेपालखोज २०७६ असोज २९ गते ११:४२

काठमाडौं । राष्ट्रपति विद्यादेवी म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको विशेष निमन्त्रणामा म्यानमार चारदिने राजकीय भ्रमणका लागि म्यानमार प्रस्थान गरेकी छिन् ।

राष्ट्रपति भण्डारी म्यानमार जाने क्रममा बुधबार बिहान शीतलनिवासबाट हेलिकोप्टर चढेर विमानस्थल पुगेकी हुन् । यस अघि सधैँ घण्टाैं जाम पारेर भएपनि सडक मार्ग प्रयोग गर्ने राष्ट्रपति भण्डारी यस पटक किन हेलिकोप्टरमार्फत विमानस्थल गइन् भन्नेबारे राष्ट्रपति निवासले केही बताएको छैन ।

उनलाई विदाइ गर्न विमानस्थलमा उपराष्ट्रपति, प्रधानमन्त्री र सरकारका केही मन्त्रीहरू समेत पुगेका थिए ।

प्रतिक्रिया