निश्चल र स्वस्तिमा साली —भेनाको सम्बन्धमा
२८ असोज, काठमाडौँ। निश्चल बस्नेत नेपाली चलचित्र क्षेत्रको कुनै अपरिचित नाम होइन । उनले निर्देशन गरेको सबै फिल्म सुपरहिट नै छन्। निर्देशक बस्नेतले निर्देशनमा मात्र होइन् गायन क्षेत्रमा र आइटम बोइको भुमिकामा आफ्नो राम्रो छाप राखेका छन् । यसरी हेर्दा उनि मल्टि ट्यालेन्टेड सुपरस्टार हुन् ।
निश्चिल बस्नेत मात्र होईन उनकी पत्नि स्वस्तिमा खड्काले पनि अहिले नेपाली इण्डिस्ट्रमा राम्रै पक्कड जमाएकी छन् । बस्नेत र खड्काले २०७२ सालको फागुनमा प्रेम पछिको मागी बिबाह गरेका थिए । अहिले उनिहरूको जोडी यति लोकप्रिय छ कि उनिहरूलाई राष्ट्रिय दाजु भाउजु समेत भन्ने गरिन्छ ।
राष्ट्रिय दाजु भाउजु अथवा निश्चल र स्वस्तिमालाई एउटै पर्दामा हेर्नेको दर्शको ठुलो चाहना थियो । त्यो चाहना उनिहरूले छिट्टै पुरा गर्दै छन् अर्थात कार्तिक ८ मा । कार्तिक ८ प्रदर्शन हुन लागेको फिल्म ‘घामड शेरे’मा उनिहरूले एक साथ काम गरेका छन् । चलचित्रमा निश्चल र स्वस्तिमा साली–भेना बनेका छन् । ‘घामड शेरे’को टेलर ओ एस आर नामक युटुव च्यानल मार्फत मंगलबार सार्वजानिक भएको छ । सार्वजानिक भएको २ दिन भित्रमा ५ लाख भन्दा बढी दर्शकले हरीसकेका छन् । हेमराज बीसीले निर्देशन गरेको उक्त फिल्ममा निश्चल बस्नेत, स्वस्तिमा खड्का, सुश्मा निरौँला गौरी मल्ल मुख्य भुमिकामा छन् । चलचित्रको टेलर राम्रो रहेको दर्शले प्रतिक्रिया दिएका छन् । आशा गरौं यो फिल्मल दर्शको चित्र बुझाउने छ ।
प्रतिक्रिया