शुक्रबार, वैशाख ७, २०८१

अवकाश पछि पनि सरकारी सम्पत्तिको दोहन गर्दैछन् भट्ट

नेपालखोज २०७६ कार्तिक ७ गते १६:१६

७ कार्तिक, काठमाडौं । सरकारी कर्मचारीहरुले सरकारी सवारी साधनको कतिसम्म चरम दोहन छ भन्ने पछिल्लो उदाहरण हुन चण्डीप्रसाद भट्ट । उनी कार्यरत रहँदा त सवारी साधनको चरम दोहन गरे पदबाट बिदा भएर हिड्दासमेत सवारी साधन छाडेनन् । आफैंसँग लिएर हिडेका छन् । सवारी साधन (सञ्चालन तथा मर्मत) सम्बन्धी निर्देशिका, २०७२ अनुसार राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) तथा प्रथम श्रेणी(सहसचिव)लाई मात्र सरकारी सवारी साधनको सुविधा दिने कानुनी व्यवस्था छ । तर तह उपसचिवको भए पनि सेवा र सुविधा मन्त्रीभन्दा माथि ।
चार वर्षसम्मका कार्यप्रगतिचाहिँ ‘जिरो’ । चार वर्षअगाडि नै महेश बस्नेतलाई प्रयोग गरी यस्तो व्यवस्था मिलाउन सफल चण्डीप्रसाद भट्ट विशेष आर्थिक क्षेत्र प्राधिकरण(सेज)का पूर्व कार्यकारी भट्टले पदावधि सकिएसँगै सरकारी गाडी नै‘‘उपहार’ लिएर हिडेका छन् ।
४ बर्षे कार्यकालका लागि गत ७२ साल असोजमा नियुक्त भएका चण्डीका कार्यकाल सकिएर बाहिँरिदा सरकारी सम्पत्ति नै बोकर बाहिरिएका हुन् । यस अघि उनी आयल निगमको कार्यकारी हुँदा नै अनियमितता प्रकरणमा मुछिए र बीचमा अख्तियारको तत्कालीन प्रमुख लोकमानलाई प्रयोग गरी ‘‘क्लिन चिट’ त पाएका व्यक्ति ।
महेश बस्नेतलाई प्रभावमा पारी चार बर्ष अघि ०७२ असोज ७ मा मन्त्रिपरिषद्बाटै निर्णय गरी ४ बर्षे कार्यकालका लागि कार्यकारी निर्देशक बने । उनी त्यहाँँ कार्यरत रहँदा तलब सुविधा संघीय सरकारको मन्त्री बराबर तोकियो । मासिक ७५ हजार । तर, यो चार बर्षको अवधिको कार्यप्रगति लज्जाजनक ।

भट्टकै कारण सरकारले विशेष महत्व राखेको विशेष आर्थिक क्षेत्र विकास समिति पंगु बनेको जानकारहरु सुनाँउछन् । उनीसँग करार सम्झौता गर्दा १२ वटा बुँदा उल्लेख गरिएकोमा सबैमा शून्य प्रगति ! तर सेवा सुविधा मामलामा मन्त्रीहरुभन्दा कम देखिएनन् । उनी कार्यरत रहँदा मन्त्रीहरुले झैं दुईवटा सरकारी सवारी साधनको प्रयोग गरी सरकारी सम्पत्तिमा चरम दोहन गरे ।

उनै चण्डीको कार्याकाल सकिएसँगै गत ६ असोजमा रमाना बुझ्दै अर्को निर्णय नभएसम्मका लागि भन्दै प्राधिकरणको बा।२ झ १९४४ नम्बरको गाडी लिएर घर हिडेका छन् । प्राधिकरणले भट्टलाई दिएको रमाना पत्रको बुँदा नम्बर १६ को अन्य शीर्षकमा ‘अर्को व्यवस्था नभएसम्म बा।२ झ। १९४४ गाडी पठाइएको’ भन्ने उल्लेख छ ।

विशेष स्रोतका अनुसार पूर्व कार्यकारी निर्देशक भट्टले जबरजस्ती लिएर गएका हुन् । ‘उनले गाडी लिएर नै जाने बताएपछि रमाना पत्रमा नै लेखियो’, स्रोतले भन्यो ।

प्रतिक्रिया