शुक्रबार, चैत १६, २०८०

नेपालमा दुुई लाख ६८ हजार नौ सय ३४ वटा साना उद्योग

नेपालखोज २०७६ कार्तिक १३ गते ११:४९

१३ कार्तिक, काठमाडौं । नेपालको सबै क्षेत्रमा गरी दुुई लाख ६८ हजार नौ सय ३४ वटा साना तथा मझौला उद्योगहरु सञ्चालनमा रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकको अनुुसन्धान बिभागले नेपालमा साना तथा मझौला उद्यममा वित्तीय साधन परिचालन सम्वन्धमा गरेको अध्ययन अनुसार हालसम्म घरेलुु तथा साना उद्योग बिभाग र घरेलु तथा साना उद्योग बिकास समितीमा समेत गरी उक्त संख्यामा उद्योगहरु दर्ता भएका हुुन ।

अध्ययन प्रतिवेदन अनुसार नेपालमा हाल सबै किसिमका गरी नौ लाख २३ हजार तीन सय ५६ वटा व्यवसायिक इकाई सञ्चालनमा रहेकाछन । यसमा कुुल ३२ लाख २८ हजार चार सय ५७ व्यक्तिहरु संलग्न रहेकाछन । उद्योग विभागमा २०७५ असार मसान्तसम्ममा चार हजार आठ सय ५९ साना उद्योग र एक हजार छ सय ४० मझौला उद्योग दर्ता भएको छ । सोही आधारमा नेपालमा साना तथा मझौला व्यवसायले कुल गार्हस्थ्य उत्पादनमा २२ प्रतिशत योगदान गरेको तथा झन्डै १७ लाख रोजगारी सिर्जना गरेकोे देखिन्छ राष्ट्र बैंकले जानकारी दिएको छ ।

उदीयमान मुलुकहरुमा भने कुल रोजगारीमा ६० प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा ४० प्रतिशतसम्म योगदान साना तथा मझौला उद्योगले गरेको पाइन्छ । वित्तीय क्षेत्र विकास रणनीति, २०७३/७४—२०७७/७८ अनुसार नेपालमा साना तथा मझौला व्यवसायले कुल गार्हस्थ्य उत्पादनमा २२ प्रतिशत योगदान गरेको तथा झन्डै १७ लाख रोजगारी ससर्जना गरेकोे छ । राष्ट्र बैंकका अनुसार नेपालमा औद्योगिक व्यवसाय ऐन, २०७३ ले स्थिर पुँजीका आधारमा साना र मझौला उद्योगको परिभाषा गरेको छ । सोही आधारमा नेपालमा व्यवसाय शुरु गर्दा अधिकांश वित्तीय साधन बैंकिङ्ग क्षेत्र भन्दा बाहेकको स्रोतबाट जुटाएको देखिन्छ ।

अध्ययनमा समावेश भएका कुुल उद्योगहरु मध्ये औसतमा ३३ प्रतिशत पैतृक सम्पत्तिको स्रोतबाट, २६ प्रतिशत आफ्नै बचतबाट, १६ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट र बाँकी अन्य स्रोतहरुबाट स्थापनाकालीन वित्तीय साधन परिचालन गरेको पाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया