बिहीबार, चैत १५, २०८०

रितको कप्तानीमा यू-१९ क्रिकेट टिमको घोषणा

नेपालखोज २०७६ कार्तिक १३ गते १४:५०

१३ कार्तिक, काठमाडौं । भारतमा आयोजना हुने यू–१९ च्यालेन्जर्स सिरिजका लागि नेपालले राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।

नेपालले बुधबार रित गौतमको कप्तानीमा १६ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । नेपालले सिरिजका लागि टिमको नाम नेपाल ‘ए’ राखेको छ । यस्तै नेपालले सिरिजका लागि चार बैकल्पिक खेलाडी समेत छनोट गरेको छ ।

भारतको हैदरावादमा हुने यू–१९ च्यालेन्जर्स सिरिज नोभेम्बर ११ देखि १७ सम्म हुनेछ । सिरिजमा भारतको तीन टिम रहने छ । जसलाई भारत ‘रेड’ र भारत ‘एल्लो’ नाम दिईएको छ ।

नेपालले पहिलो खेल नोभेम्बर ११ मा भारत ुएल्लोु सँग खेल्नेछ । यस्तै दोस्रो खेलमा नेपालले नोभेम्बर १३ मा भारत ‘रेड’ र अन्तिम खेलमा नेपालले भारत ‘ब्लु’ सँग नोभेम्बर १५ मा खेल्नेछ । लिग खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । तेस्रो र चौथो टिमले तेस्रो स्थानको लागि खेल्ने छ ।

नेपाली टिम

रित गौतम
लोकेश बहादुर बम
तृत राज दास
विशाल बिक्रम केसी
खडक बोहोरा
अविशेख बस्नेत
हरि बहादुर चौहान
अरुण ऐरी
कुशल मल्ल
विवेक कुमार यादव
सुर्य तामाङ
तिलक राज भण्डारी
शेर मल्ल
आकाश चन्द
प्रतिष जिशि
गौतम केसी

प्रतिक्रिया