शुक्रबार, असोज ४, २०८१

देशभर आंशिकदेखि सामान्य बदली : प्रदेश १, वाग्मती र गण्डकीमा हल्का वर्षा

नेपालखोज २०७९ जेठ १४ गते ६:४७

काठमाडौं । देशभर अहिले आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वाग्मती र गण्डकीका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

अहिले नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज (शनिबार) दिउँसो प्रदेश १, मधेस, वाग्मती र गण्डकीलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । महाशाखाका अनुसार प्रदेश १, मधेस र वाग्मतीलगायत देशको पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै राति भने प्रदेश १, मधेस, वाग्मती र गण्डकीलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेस, वाग्मती, गण्डकी र लुम्बिनीलगायत देशको पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा महाशाखाले अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया