शुक्रबार, चैत १६, २०८०

टोखा नगरपालिकाका सवै सडकमा झिलीमिली

नेपालखोज २०७६ कार्तिक १५ गते ९:१०

१५ कार्तिक, काठमाडौं । काठमाडौं जिल्लाको टोखा नगरपालिकाले आफ्ना सवै वडाका सडकहरुमा सडक बत्ति जडान गरी सडक झिलीमिली बनाउने भएको छ । नगरपालिकाले मेयर उज्यालो कार्यक्रम मार्फत यस्तो योजना सार्वजनिक गरेको हो । नगरपालिका भित्रका सवै मूल सडकको दुवै तर्फ आगामी ६ महिनाभित्र सडक बत्ति जडान गरिसक्ने योजन नगरपालिकाले तयार गरेको छ ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीका अनुसार यस कार्यक्रमले सिङ्गो नगरपालिकालाई उज्याले र झिलीमिली बनाउने भएकाले सवैको चासो बढेको छ । उनका अनुसार निर्वाचनको समयमा आफूहरुले गरेको बाचा पूरा गर्नका लागि मेयर उज्यालो कार्यक्रम शुरु गरेको पनि उनले बताए ।

प्रतिक्रिया