शनिबार, वैशाख १३, २०८२

विराट नर्सिङ होमले लापरबाहीको पराकाष्ठा गर्दा आमा—छोराकै ज्यान गयो

नेपालखोज २०७६ कार्तिक १५ गते १५:३६

१५ कार्तिक, काठमाडौँ । नर्मल डेलिभरीबाट छोरा जन्माएकी महिला र छोरा दुवैको ज्यान गएको छ । चिकित्सकको लापरवाहीका कारण आमा र छोरा दुवैको ज्यान गएको भन्दै आफन्तहरुले विराटनगरस्थित विराट नर्सिङ होममा नाराबाजी गरिरहेका छन् ।

सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ८ रनि गाँउकी रमिका कार्कीले गएको मंगलबार सामान्य प्रसुतिबाट छोरा जन्माएकी थिइन् । तर, आमा र छोरा दुवैको मृत्यु भएपछि आफन्तहरु आक्रोशित भएका हुन् । उनीहरुले अस्पताल परिसरमा नारा जुलुस गर्न थालेपछि अस्पताललाई प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ ।

आफन्तहरुले लापरवाही गर्ने डाक्टरलाई कारवाही गर्नुपर्ने माग गरिरहेका छन् । नर्मल डेलिभरी गरेकी महिलाको धेरै रक्तश्राव भएको भन्दै चिकित्सकको टोलीले पाठेघर फाल्नुपर्छ भन्दै शल्यक्रिया गरी पाठेघर फालेका थिए ।

पाठेघर फालेपछि झन विरामीको अवस्था नाजुक भएको र सोही कारण श्रीमतीको मृत्यू हुन पुगेको श्रीमान भुपाल घिमिरेले बताए । उनले लापरवाही गर्ने डाक्डरलाई कारवाही गर्नुपर्ने माग गरेका छन् । यसका साथै उनले उपचारका लागि आएका विरामीहरुको पटक(पटक अस्पतालमै मृत्यु हुने घटनालाई सामान्य रुपमा नलिन सरकारलाई आग्रह समेत गरे ।

सोही अस्पतालमा गत असारमा पनि सुन्दर हरैंचाकी एक जना महिलाको पाठेघरको उपचार गराउने क्रममा ज्यान गएको थियो ।

प्रतिक्रिया