सरकारको निर्देशन नटेर्ने ठग सहकारी, कसले कति ठगे !
१५ कार्तिक, काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीलाई तत्काल सम्र्पकमा आउन निर्देशन सहितको सुचना जारी गरेको छ । समस्याग्रस्त सहकारीको सम्पत्ति छानविन, व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न सरकारले गठन गरेको व्यवस्थापन समितिले राजपत्रमा सुचना जारी गर्दै तत्काल सम्पर्कमा आउन निर्देशन दिएको हो ।
तर, समस्याग्रस्त भनिने ठग सहकारीले यो निर्देशन मान्ने अवस्था भने देखिदैन । सरकारले विगतमा पनि यस्ता निर्देशन नदिएको होईन । जति निर्देशन दिएपनि ठगी धन्दा चलाएका सहकारीले कुनै टेरपुच्छर लाउँदैनन् । यस्ता सहकारीले निर्देशन पटक पटक नमाने पनि सरकार उनिहरु विरुद्ध उचित कदम लिई पिडितलाई राहात दिन सकेको छैन ।
त्यसैले पनि सहकारी पिडितहरु सरकारको निर्देशनलाई सरकार र समस्याग्रस्त भनिएका सहकारीका मालिकविचको लुकाछिपी खेल भनिरहेका छन् । तर सरकारका अधिकारीले भने वर्षैदेखि आफ्नो बचाउँ गर्दै आएका छन् ।
कुन कुन सहकारी छन् त कालोसूचीमा ?
सरकारले हालसम्म १२ वटा सहकारी संस्थालाई समस्याग्रत सहकारी घोषणा गरेको छ ।
१. ओरियन्टल सहकारी लिमिटेड
२. स्ट्याण्डर्ड बचत तथा ऋण सहकारी लिमिटेड
३. प्यासिफिक सेभिङ एण्ड इन्भेस्टमेन्ट को—अपरेटिभ लिमिटेड
४. कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को—अपरेटिभ लिमिटेड
५. प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड
६. कन्जुमर सेभिङ एण्डड क्रेडिट को —अपरेटिभ लिमिटेड
७. भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड
८. कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड
९. चार्टर सेभिंग एण्ड क्रेडिट को —ओपरेटिभ लिमिटेड
१०. स्ट्याण्डड मल्टिपर्पोज को —ओपरेटिभ लिमिटेड
११. सोसियल सेभिङ एण्ड द क्रेडिट लिमिटेड
१२. रुनीभा बहु उद्देश्यिय संस्था लिमिटेड
यि १२ वटा सहकारीमा सर्वसाधारणको ८ अर्ब २५ करोड रुपैँचा बचत रहेको समस्याग्रस्त सहकारी छानवीन समितिको रेकर्डमा छ । समस्याग्रस्त सहकारी माथि छानविन भैरहेको समितिका अधिकारीहरु दाबी गर्दै आईरहेका छन् ।
समितिका अध्यक्ष युवराज बस्नेतले सम्पति तथा दायित्व अध्ययन गर्दै नउठेको ऋण उठाएर बचतकर्तालाई फिर्ता दिने काम गरिरहेको बताए । उनले नउठेको ऋण उठाउन चुनौतिपुर्ण भएको भन्दै नेपाल खोजसँग भने, “ समस्याग्रस्त मध्ये ओरेन्टलको सम्पति मूल्याङ्कन गर्ने र लिलामी गर्ने प्रकृया अघि बढिरहेको छ , कतिपय सम्पति बैंक तथा वित्तिय संस्थाहरुबाट रोक्का समेत भएको छ, हामी बैंकहरुसँग मिलेर ति सम्पतिको लिलाम गर्न पहल गरिरहेका छौँ ।”
त्यसका साथै बाँकी रहेकामध्ये ५ वटा संस्थाको मात्र कागजात फेला परेको उनले बताए । सहकारीको कार्यालय समेत भेट्न गाह्रो भएकाले यो समस्या समाधान हुन अझै केही वर्ष लाग्ने अध्यक्ष बस्नेत बताउँछन् ।
ठग सहकारीको ठगी रकम विवरण चित्रमा
प्रतिक्रिया