रिया फाईनान्सियल सर्भिस र जिएमई रेमिटबिच सम्झौता
नेपालखोज
२०७६ कार्तिक १७ गते १२:०१
१७ कार्तिक, काठमाडौं । रिया फाईनान्सियल सर्भिस र जिएमई रेमिटबिच बिप्रेषण सम्वन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जि.एम.इ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र रिया फाईनान्सीयल सर्भिसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शान फिल्डरले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात यही कात्तिक १३ गते देखि रिया फाईनान्सियल सर्भिस मार्फत बिश्वभरीबाट पठाएको रकम जि.एम.इ रेमिटको सात हजार भन्दा बढी एजेन्ट मार्फत भुक्तानी लिन सकिनेछ । हाल जि.एम.इ रेमिटले दक्षिण कोरिया, अमेरिका, यू.के, मलेसिया, जापान लगायत खाडी मुलुकहरुबाट रेमिट्यान्स कारोबार गर्दै आएको छ ।
सम्बन्धित
प्रतिक्रिया