शुक्रबार, वैशाख ७, २०८१

आज आइतबार सूर्य देवको पुजा गर्नुहोस । हेर्नुहोस तपाईको आजको भाग्य ।

नेपालखोज २०७६ कार्तिक २४ गते ६:१७

हिन्दु धर्ममा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ। यस दिन व्रतालुहरूले एक छाक मात्र खाना खानुपर्दछ र खानामा नुनतेल मिसाउनुहुँदैन। व्रत बस्नेहरूले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पुजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्दछ।

आज – २४ कार्तिक २०७६ आइतवार को राशिफल

मेष
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मनमा सङ्का उत्पन्न हुनेछ । चिन्ता बढ्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मिथुन
लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । व्यापारमा रुची बढ्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

सिंह
प्रेममा मतभेद बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

तुला
धार्मिक यात्राको योगछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

धनु
गरेको काममा ढिलासुस्ती हुनेछ । पारिवारिक उल्झनमापरि काम बिग्रनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मनमा चञ्चलता बढ्नेछ ।

कुम्भ
इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनेछ ।

बृष
इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

कर्कट
प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बैदेशिक कार्य अघी बढ्नेछ ।

कन्या
नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । जोश जाँगर बढ्नेछ । नयाँ काम वा रोजगार पाईनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।

बृश्चिक
आत्मिक सन्तुष्टि मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । लाभदायक यात्रा रहला ।

मकर
सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । पुनर्मिलनको योग रहेको छ ।

मीन
आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । धन प्राप्त हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया