शुक्रबार, चैत १६, २०८०

पहेलो दाँत ५ मिनेटमै चम्काउने घरेलु उपाए

नेपालखोज २०७६ मंसिर ३ गते ११:२४

काठमाडाैँ । दात पहेलो छ भने हाम्रो सौन्दर्यता मा गिरावट आउँछ पहेलो दात हुनु स्वाभाविक प्रक्रिया हो । दाँत को पहेलोपन लाइ सजिलै हटाउने घरेलु उपाए हरुको यस्ताे छः

१ तुलसीकाे पेस्ट प्रयाेग गर्ने – तुलसीमा दांतको पहेलोपन हटाउने एक अद्भुत शक्ति रहेको छ । यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र होइन मुख र दात सम्बन्धि अन्य रोगबाट बचाउने काम पनि गर्दछ । तुलसीको पात लाइ घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्ट संग मिलाएर ब्रस गर्ने गर्दा दांत को पहेलोपना हटेर चमक आउन थाल्छ ।

२. नुन र तेलले ब्रस गर्ने – हाम्रो गाउघर तिर नुन र तेल ले दांत सफा गर्ने चलन अझै पनि छ, नुन मा २-४ थोपा शुद्ध तोरीको तेल मिलाएर दांत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेलोपना हटेर जान्छ ।

३. सुन्तलाकाे बाेक्रा – सुन्तलाको बोक्रा र तुलसीको पात लाइ घाममा सुकाएर त्यसको पाउडर बनाउनु होस्। दांत ब्रश गरिसकेपछि उक्त पाउडरले दातमा हल्का मसाज गर्नुहोस । सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्याल्सियमकाे कारण दात चम्किलो हुन्छ ।

४. गाजर खाने – खाना खाइ सकेपछि दिनहु गाजर खाने गर्नाले पनि दाँतको पहोलो पन हट्छ। गाजरमा रहेको रेसाहरुले दांतलाइ राम्रो संग सफा गर्न मद्त गर्दछ ।

५. निमकाे प्रयाेग गर्ने – निमको उपयोग धेरै पहिले देखी नै दांतको सफाई गर्न गरिदै आएको छ | यसमा दांत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने सक्ति रहेको छ । यो प्राकृतिक एंटी-बयाक्टीरियल और एंटी-सेप्टिक हो । दिनहु निम(नीमको काठ, निमको सानो हाँगा)ले दात सफा गर्ने गर्नाले दांतमा कुनै किसिमको रोग लाग्दैन र पहेलो भएको भए पनि हट्छ |

६. कागतीकाे प्रयाेग – एक कागतीको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानि मिसाउनु होस् र खाना खाइ सकेपछि यहि कागती पानीले दिनहु कुल्ला गर्ने गर्नुहोस । यसो गर्दा दाँतको पहेलोपना त हट्छ नै सास गनाउने समस्यामा पनि यो रामबाण सिद्ध छ ।

७. स्ट्रबेरीकाे प्रयाेग – स्ट्रबेरी दांत चम्किलो बनाउने सबै भन्दा मिठो र सजिलो उपाए हो । यसमा पाइने मालिक एसिडले दांत लाइ सेतो र चम्किलो बनाउछ |

८ केराकाे प्रयाेग – केरालाइ पिसेर यसको पेष्ट बनाउनु होस् । यसको पेष्टले दांतलाइ दिनहु एक मिनेट मसाज गर्नुहोस, मसाज पछि दांत ब्रश गर्नुहोस। यो उपाए दिनहु गर्नाले दाँतको पहेलोपन हटेर जान्छ । चुरोटको सेबन गर्ने गर्नाले पनि दांत पहेलो हुन्छ भने कुनै खानेकुरा लगातार खानाले, उमेर बढ्दै जाँदा अनि धेरै औषधिको सेवन गर्नेहरुको पनि दात पहेलो हुन्छ ।

प्रतिक्रिया