शुक्रबार, वैशाख ७, २०८१

तोडियो अर्जुन रामपाल र मेहर जेसियाको सम्बन्ध

नेपालखोज २०७६ मंसिर ६ गते ९:०९

विवाहको २१ वर्षपछि बलिउड अभिनेता अर्जुन रामपल र उनकी श्रीमती मेहर जेसियाको डिभोर्स भएको छ ।

आपसी सहमतिमा फ्यामिली कोर्ट मुम्बईले उनीहरुलाई डिभोर्सको अनुमति दिएको हो । अर्जुन र मेहरका दुवै छोरी माहिका र मायरालाई आमा मेहरसँगै बान्द्रास्थित डुप्लेक्समा बस्न अदालतले आदेश दिएको छ ।

अर्जुनले सन् १९९८ मा मेहरसँग विवाह गरेका थिए । गतवर्ष विवाह भएको बीस वर्ष पुरा भएसँगै उनीहरुले छुटिने घोषणा गरेका थिए ।

जेसियासँग छुटिएपछि अर्जुन प्रेमिका ग्याब्रिएलासँग लिभिङ टुगेदरमा छन् । तर उनीहरुले विवाह भने गरेका छैनन् । विवाह नगरे पनि उनकी प्रेमिका ग्याब्रिएलाले छोरा एरिकलाई जन्म दिइसकेकी छन् ।

प्रतिक्रिया