शुक्रबार, चैत १६, २०८०

सर्वाधिक कमाइ गर्ने साउथका चलचित्र

नेपालखोज २०७९ मंसिर १९ गते १२:४८

वर्ष २०२२ मा ३२० करोड भन्दा बढि कलेक्सन गर्ने दक्षिण भारतीय फिल्मको संख्या नौ रह्यो । केही वर्षयता साउथ इन्डियन फिल्मले मनग्य कमाइ गरिरहेका छन् । बलिउडका चलचित्र हेर्ने दर्शकहरु अहिले साउथका चलचित्र मन पराउन थालेका छन् । यी क्षेत्रीय चलचित्रलाई दर्शकहरू उत्सुकतापूर्वक पर्खिरहेका हुन्छन् । यो सूचीमा बाहुबली, केजीएफ, आरआरआर, पुष्पा, रोबोट, पोन्नियान सेल्वान, विक्रम, ‘कार्तिकेय तथा कान्तारा जस्ता फिल्म समावेश छन्। साउथका यी फिल्म भारतमा मात्र नभई विश्वभर कमाइको मामिलामा शीर्ष स्थानमा रहे । वर्ल्ड वाइड कलेक्शनका आधारमा यीनको कमाइ ३२० करोड नेपाली रुपैयाँ भन्दा बढी छ।

केजीएफ – २ : सबैभन्दा धेरै कमाउने दक्षिण भारतीय फिल्म केजीएफ – २ हो। यो २०२२ को सबैभन्दा लोकप्रिय चलचित्रहरू मध्ये एक हो जुन बक्स अफिसमा ब्लकबस्टर साबित भएको थियो। इन्डियन एक्सप्रेसका अनुसार यो कन्नड फिल्मले विश्वभरबाट १,८३६ करोडभन्दा बढी संकलन गरेको थियो । यश, रविना टण्डन तथा सञ्जय दत्त स्टारर यो फिल्मको तेस्रो भाग सन् २०२४ मा सार्वजनिक हुन सक्छ ।

आरआरआर : एसएस राजामौलीको यो ऐतिहासिक एक्शन-ड्रामा फिल्मले समीक्षक तथा दर्शकहरूलाई चकित तुल्यायो । रामचरण, जुनियर एनटीआर, आलिया भट्ट र अजय देवगनआदि स्टारर यो फिल्मको कथा मात्र होइन, यसको वर्ल्ड क्लास बीएफएक्सले पनि दर्सकहरूलाई निकै मनोरञ्जन दियो । टाइम्स अफ इन्डियाका अनुसार यो फिल्मले विश्वव्यापी बक्स अफिसमा १८३० करोड रुपैयाँ भन्दा बढी संकलन गरेको थियो ।

पोनियिन सेल्भान : चोल साम्राज्यको कथामा आधारित यो पिरियड एक्सन फिल्मको बजेट ८ सय करोड थिय‍ो । टाइम्स अफ इन्डियाका अनुसार ऐश्वर्या रायल, विक्रम, जयम रवि, कार्ती तथा त्रिशा स्टारर यो फिल्मले ३२ दिनमै ८०० करोडको आँकडा पार गर्यो । यो फिल्मको दोस्रो भाग सन् २०२३ मा रिलिज हुनेछ ।

विक्रम : कमल हासन, फहद फासिल र विजय सेतुपति स्टारर एक्शन-थ्रिलर फिल्म विक्रमको बजेट करिब २३० – २५० करोड
नेपाली रुपैयाँ थियो । यो फिल्मले आफ्नो एक्शन दृश्यहरूका कारण दर्शकहरूलाई चकित तुल्याएको थियो। टाइम्स अफ इन्डियाका अनुसार यो फिल्मले बक्स अफिसमा ६५० करोड रुपैयाँ भन्दा बढि संकलन गरेको थियो ।

कान्टारा : सबैभन्दा उच्च मूल्याङ्कन गरिएका भारतीय चलचित्र मध्येको एक कान्ताराले बक्स अफिसमा धमाका नै मच्चाएको छ। बिजनेस टुडेका अनुसार ऋषभ शेट्टी स्टारर य‍‍ो कन्नड एक्शन-थ्रिलर फिल्मले विश्वव्यापी बक्स अफिसमा ५६० करोड भन्दा बढी कलेक्सन गरेको छ।

बीस्ट ( जनावर ) : नेल्सन दिलीप कुमार द्वारा निर्देशित यो तमिल एक्सन फिल्मको कथा एक जासूसको वरिपरि घुम्छ जसले केही नागरिकलाई आतंकवादीहरूबाट बचाउँछ। एबीपीका अनुसार विजय र पूजा हेगडे स्टारर यो स्पाइ थ्रिलर फिल्मको विश्वव्यापी बक्स अफिस कलेक्सन ३८० करोड रुपैयाँ थियो।

वालिमाई : साउथका सुपरस्टार अजित कुमार स्टारर एक्शन थ्रिलर फिल्म वालिमाईको कथा एक आईपीएस अफिसरको वरिपरि घुम्छ जसले बाइकरहरूको समूहलाई अपराध गर्नबाट रोक्छ । टाइम्स अफ इन्डियाका अनुसार यो फिल्मले विश्वभर ३६० करोडभन्दा बढी कमाएको थियो ।

विक्रान्त रोना : किच्चा सुदीप तथा ज्याकलिन फर्नान्डिज स्टारर कन्नड फ्यान्टेसी-ड्रामा फिल्म विक्रान्त रोना भारतमा ब्लकबस्टर साबित भयो र यसको विश्वव्यापी कलेक्शन करिब ३२० करोड नेपाली रुपैयाँको थियो ।

सरकारु वारी पाता : टलिउडका राजकुमार महेश बाबुको तेलुगु एक्शन-ड्रामा सरकारु वारी पाता पनि बक्स अफिसमा ३२० करोडको आँकडा पार गर्ने फिल्महरू मध्ये एक हो। डीएनएको रिपोर्ट अनुसार यो फिल्मले विश्वव्यापी रुपमै राम्रो कमाइ गरेको थियो ।

प्रतिक्रिया